भारी वर्षाको सम्भावना भएकाले रातको समयमा यात्रा नगर्न काठमाडौं प्रशासनको आग्रह

१७ आश्विन २०८२, शुक्रबार १०:५०

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने र सो बाट जोखिमयुक्त स्थानमा बाढी, पहिरो, भू–क्षयजस्ता विपदजन्य घटनाहरू हुन सक्ने भएकाले सतर्कता र सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रशासन कार्यालयले अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दुरीको यात्रा नगर्न तथा काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभवहरुलाई रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।

प्रशासनले विपद्को समयमा तत्काल उद्धार, सहयोग र राहतका लागि सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*