आइतबार बिहानसम्म भीषण वर्षाको सम्भावना
१८ आश्विन २०८२, शनिबार २१:३६

काठमाडौं । मौसमविद् एवं विशेषज्ञहरुले आइतबार बिहानसम्म भीषण वर्षाको सम्भावना रहेकाले संकटको उच्च जोखिम कायमै रहेको चेतावनी दिएका छन् ।
आइतबार बिहानसम्म काठमाडौं उपत्यका र मधेशका पश्चिमी भागका जिल्लाहरुमा थप वर्षाको सम्भावना रहेको भन्दै जोखिममा रहेकाहररूलाई सुरक्षित ठाँउमा सार्नुपर्ने सुझाव दिएका छन् ।
आइतबारको अबेर बिहान भारी वर्षा हुने क्रम काभ्रेबाट पूर्वी क्षेत्रतर्फ सर्ने भन्दै उनीहरूले अब त्यता पनि जोखिमबाट बच्ने पूर्वतयारी थाल्नुपर्ने बताएका हुन् ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले विभिन्न मोडेलका आधारमा गरिएको पूर्वानुमान यथार्थपरक रहेको भन्दै काठमाडौं उपत्यकामा शनिबार राती अति भारी वर्षाको सम्भावना रहेको औंल्याए ।













