सार्वजनिक बिदामा एनएलजी इन्स्योरेन्सले यसरी दिदैछ बीमा सेवा
१९ आश्विन २०८२, आईतवार ११:१३

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अविरल वर्षाका कारण उत्पन्न भएको असहज परिस्थितीमा पनि बीमा सवा प्रदान गरिरहेको छ ।
कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै शनीवारको लगातार वर्षा भएपछि उत्पन्न भएको परिस्थितीमा पनि सीमित कर्मचारीहरुबाट सेवा प्रवाह गरीरहेको जनाएको हो । सरकारले आज र भोली सार्वजनिक विदा दिएको छ । यस परिस्थितीमा पनि कम्पनीले बीमा सवा प्रवाह गरिरहेको छ ।
कम्पनीले बीमा पोलिसी सम्बन्धी सेवाका लागि चार जना कर्मचारी र दावी भुक्तानी सम्बन्धी सेवाका लागि तीन जना कर्मचारीलाई जिम्मेवारी प्रदान गरेको छ । कम्पनीले उक्त कर्मचारीहरुको सम्पर्क नम्बर समेत सार्वजनिक गरेर आवश्यक सेवा लिन आग्रह गरेको छ ।














