मनसुनजन्य विपद्मा परी मृत्यु हुनेको संख्या २२ पुग्यो

काठमाडौं। शुक्रवार रातिदेखि परेका अविरल वर्षापछिको विपद्का कारण हालसम्म २२ जनाको ज्यान गएको छ । शुक्रवार, शनिवार र आईतवार बिहानसम्मको तथ्यांकअनुसार २२ जनाको ज्यान गएको हो ।
मनसुनजन्य विपद्बाट इलाममा १८ जनाको ज्यान गएको छ भने उदयपुरमा १ र रौतहटमा चट्याङका कारण तीन जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेप्रसाद भट्टले बताए ।
उदयपुरमा २२ जना सवार हाइसको दुर्घटना भएको थियो । हाइस जबरजस्ती खोलामा हाल्ने क्रममा दुर्घटना भएको हो । २२ मध्ये २१ जनाको उद्धार गरिएपनि एक जनाको खोलाले बगाउँदा ज्यान गएको कार्यकारी प्रमुख भट्टले बताए । इलाममा एक जना गर्भवती महिलाको उद्धार गर्नका लागि हेलिकप्टर पठाइएको जानकारी दिए ।
उदयपुरको गिरेबी खोलामा केही मानिसहरु डुबानमा फसेकाले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । समस्या आएका ठाउँमा सुरक्षा निकाय, स्थानीय स्वयंसेवकहरु परिचालन गरेको भट्टले बताए ।













