इलाम पहिरोका घाइतेलाई नेपाल सेनाको हेलिकप्टरबाट उद्धार

१९ आश्विन २०८२, आईतवार १२:५१

काठमाडौं। इलाममा पहिरोबाट घाइते भएकाहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । इलाममा बाढीपहिरोमा परी घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ ।

स्थानीयबासी मिलन लिम्बुका अनुसार घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत माङसेबुङ–१ गजुरमुखीबाट गम्भीर घाइते गर्भवती महिलासहित ४ जनाको उद्धार गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*