सप्तकोशीमा पानीको बहाव बढेपछि रेड अलर्ट जारी
१९ आश्विन २०८२, आईतवार १४:३१

काठमाडौं । सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । कोशी ब्यारेजमा अहिले पानीको बहाव ४ लाख ८६ हजार ७६० क्यूसेक रहेको जनाइएको छ । पानीको बहाव बढेसँगै उच्च रेड अलर्ट जारी गरिएको छ भने ब्यारेजका ५६ वटै ढोका खुलेको छ ।
ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्वरूपले प्रतिबन्ध लगाइएको छ । गत वर्षको असोजमा पानीको बहाव प्रतिसेकेन्ड ५ लाख ५७ हजार क्यूसेक मापन भएको थियो । यो सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन गरिएको हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो ।
कोशी ब्यारेजमा ढाँट लगाएर सप्तरी र सुनसरी दुवै तर्फबाट आवागमनमा रोक लगाइएको छ । पानीको सतह पुल सम्म आएको छ ।













