रावा इनर्जिले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश

२० आश्विन २०८२, सोमबार ०६:३२

काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले कात्तिक १२ गते पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा दिउँसो १ बजे छैठौं साधारणसभा बोलाएको छ।

उक्त साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

कम्पनीले सभाका लागि शेयरधनीलाई वितरण गर्ने लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव भने पेश गरेको छैन।

साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २७ गते एक दिन बुक क्लोज गर्ने भएकाले असोज २६ गतेसम्म कायम शेयरधनी मात्रै उक्त सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*