प्रतिकित्ता २०३ रुपैयाँमै प्रभु महालक्ष्मी लाइफको १ लाख ४२ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

२० आश्विन २०८२, सोमबार ०६:५७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ४२ हजार ३०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो।

कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २०३ रुपैयाँ निर्धारण गरेको छ। शेयर किन्न इच्छुक लगानीकर्ताले बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ताका लागि पेश गर्नु पर्नेछ अर्थात् कम्तीमा पनि २ करोड ८८ लाख ८६ हजार ९०० रुपैयाँ लाग्नेछ।

यसमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीका साथै सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत इच्छुक सबैले बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र असोज १९ गतेदेखि असोज २२ गतेभित्र पेश गरिसक्नु पर्नेछ।

बोलपत्र फाराम काठमाडौंको कमलादीस्थित बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पाइनेछ र सोही स्थानमा बुझाउनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*