आज कोजाग्रत पूर्णिमा, दशैं समापन हुँदै

२० आश्विन २०८२, सोमबार ०८:०८

काठमाडौं । आज हिन्दू समुदायले कोजाग्रत पूर्णिमा मनाउँदै छन्। यो दिनलाई देवी लक्ष्मीको पूजा आराधनासँग जोडिएको विशेष अवसरका रूपमा लिइन्छ।

यसैसँगै दशैं पर्व पनि आज औपचारिक रूपमा समापन हुँदैछ। घटस्थापनादेखि शुरू हुने दशैं कोजाग्रत पूर्णिमासम्म चल्ने गर्छ।

परिवार र आफन्तबीच टीका–जमरा आदान–प्रदानको क्रम पनि आजबाट सकिंदैछ। आजकै दिन दशैंका लागि रोपिएको जमरा सेलाउने गरिन्छ।

आजको रातमा देवी लक्ष्मी जाग्राम हुने भएकीले जसले आजको रातमा जाग्राम बसी भक्ति भावपूर्वक पूजा गर्नाले धन–धान्यको कृपा प्राप्त हुने मान्यता रहिआएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*