साम्लिङ्ग र एशियन हाइड्रोपावरमा व्यापक क्षति, विद्युत उत्पादन रोकियो

२० आश्विन २०८२, सोमबार १०:२८

काठमाडौं । असोज १८ गते देशभरकै धेरैजसो ठाउँमा परेको भारी वर्षाका कारण उत्पन्न बाढीले साम्लिङ्ग पावर कम्पनी लिमिटेड र एशियन हाइड्रोपावर लिमिटेडमा ठूलो मात्रामा क्षति पुगेको छ।

असोज १९ गते बिहान करीब २/३ बजेको समयमा अनपेक्षित रूपमा पहिरो र बाढी आएको र त्यसले साम्लिङ्ग पावरले सञ्चालन गरेको माई बेनी जलविद्युत आयोजना ९.५१ मे.वा को भौतिक संरचनामा ठूलो क्षति पुगेको कम्पनीले जनाएको छ।

उक्त खोलामा बाढी आउने क्रम अझै नरोकिएको र क्षति एकीन गर्ने काम जारी रहेकाले हाल विद्युत उत्पादन पूर्ण रूपमा बन्द रहेको कम्पनीले बताएको छ।

त्यस्तै एशियन हाइड्रोपावरले सञ्चालन गरिरहेको जोगमाई खोला जलविद्युत आयोजना ६.२ मे.वा को भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको कम्पनीले जानकारी दिएको छ। खोलाको बाढी अझै पूर्ण रूपमा नरोकिएको र क्षतिको एकीन गर्ने काम भइरहेकाले उत्पादन ठप्प भएको कम्पनीले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*