भगवती हाइड्रोपावरको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य समायोजन भएको छ।
कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असोज २१ गते बुक क्लोज गर्दैछ त्यही लाभांश (बोनस शेयर) बापत कम्पनीको शेयरमूल्य समायोजन भएको हो।
समायोजनपछि कम्पनीको शेयरमूल्य ८२५.३५ रुपैयाँ कायम भएको छ। नेप्सेको दशैं अघिको अन्तिम कारोबार मूल्यलाई आधार मानेर कम्पनीको शेयरमूल्य समायोजन भएको हो। समायोजन हुनुअघि कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९४०.९० रुपैयाँ थियो।
भोलि कम्पनीको समायोजित मूल्यलाई आधार मानेर शेयर कारोबारमा आउनेछ। यस कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्दैछ।












