अष्ट डिम्डुङको समृद्ध किस्पाङ समुहले गर्‍यो ऐतिहासिक किस्पाङ पोखरी सरसफाइ

२० आश्विन २०८२, सोमबार १५:१५

काठमाडौं । ‘समृद्ध किस्पाङ हाम्रो चाहना’ भन्ने मूल नाराका साथ असोज १९ गते आइतबार दिउँसो १ बजे देखि समृद्ध किस्पाङ समूहको आयोजनामा किस्पाङ पोखरी सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

किस्पाङ गाउँपालिकाको नामकरण नै यसै ऐतिहासिक स्थलबाट भएको हो। यो स्थल केवल ऐतिहासिक मात्र नभई अन्तरिक पर्यटनका दृष्टिले पनि निकै प्रसिद्ध छ। साथै, बाह्य पर्यटनको पनि ठूलो सम्भावना बोकेको यो स्थान स्थानीय सरकार र सम्बन्धित निकायहरूको संरक्षणको दृष्टिबाट लामो समयसम्म बेवास्ता गरिएको थियो।

त्यसै अवस्थालाई मध्यनजर गर्दै, समृद्ध किस्पाङ समूहले किस्पाङ पोखरी सरसफाइ कार्यक्रम आयोजना गरेको हो। समृद्ध किस्पाङले सन् २०७५ सालदेखि नै समाजमा चेतनामूलक कार्यक्रम, विपतका बेला राहत वितरण, आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, विद्यार्थीहरूको प्रतिभा विकासका कार्यक्रम, र सामाजिक सञ्जालमार्फत पर्यटन प्रवर्द्धनजस्ता विविध सामाजिक कार्यहरू गर्दै आएको छ।

उक्त सरसफाइ कार्यक्रममा कुल १८ जना सहभागी रहेका थिए। कार्यक्रमबाट करिब दुई बोरा भन्दा बढी प्लास्टिकजन्य फोहर, आधा बोरा बियरका बोतलहरू, र अन्य फोहर संकलन गरी व्यवस्थापन गरिएको छ । पोखरी वरिपरि बियरका बोतलहरू जथाभावी फ्यालिएको, चाउचाउका प्याकेट, चुरोटका ठुटा, र अन्य प्लास्टिकजन्य फोहरहरू अव्यवस्थित रूपमा रहेकालाई व्यवस्थित गरीएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*