एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२१ आश्विन २०८२, मंगलवार ०७:३२

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि निष्कासन गरेको आईपीओमा उद्योग प्रभावितले आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ९२ कित्ता र उद्योग प्रभावितका लागि २ लाख ६१ हजार ६२७ कित्ता निष्कासन गरेको थियो।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको आईपीओ असोज १० गते नै बन्द भइसकेको छ भने उद्योग प्रभावितका लागि खुला गरिएको आईपीओ आज बैंकिङ्ग समयपछि बन्द गरिने कम्पनीले जानकारी दिएको छ।

उद्योग प्रभावितका लागि खुला गरिएको आईपीओमा चितवनको रत्ननगर नगरपालिका सबै वडाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। यी आईपीओमा आवेदन दिंदा घटीमा १० कित्ता र बढीमा ५० हजार कित्तासम्म माग गर्न सकिनेछ।

पहिलो चरणको आईपीओ बाँडफाँड गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ। यसमा आईपीओ निष्कासन तथा बाँडफाँडको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*