बाढीपहिरो पीडितलाई तत्काल ५० हजार रुपैयाँ दिने सरकारको निर्णय

२१ आश्विन २०८२, मंगलवार १४:३३

काठमाडौं। सरकारले असोज ११ र १२ गते अविरल वर्षाका कारण आएको बाढीपहिरो प्रभावित घरपरिवारलाई तत्काल आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

मङ्गलबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उक्त निर्णय गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकले विपद् प्रभावितको राहत कार्यलाई प्रभावकारी बनाउने, बाढीपहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायतका तत्काल गरिने कार्यहरू तय गरेको छ।

उनका अनुसार, घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि प्राधिकरणबाट तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

राहत वितरणको सम्बन्धमा प्राधिकरणको मापदण्ड अनुसार नै काम गर्ने निर्णय भएको र बाढीपहिरोमा परी मृत्यु भएका, बेपत्ता भएका र घाइतेलाई दिने रकम पनि तत्काल निकासा गर्ने निर्णय भएको उनले जानकारी दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*