युनियन हाइड्रोपावर र नेपाल रिमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
२१ आश्विन २०८२, मंगलवार १५:०४

काठमाडौं । दशैंपछि पहिलोचोटी खुलेको नेप्सेमा आज जम्मा ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ।
जसमध्ये युनियन हाइड्रोपावरको सर्वाधिक २८ करोड ३१ लाख रुपैयाँ, नेपाल रिको १९ करोड ४५ लाख रुपैयाँ, हिमालयन रिको १२ करोड ६१ लाख रुपैयाँ र शिवम् सिमेन्टको १२ करोड २३ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ।
त्यसपछि सिनर्जी पावरको ११ करोड ९९ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ५३ लाख रुपैयाँ, मैलुङ खोला जल विद्युतको १० करोड ९६ लाख रुपैयाँ, राधी विद्युतको १० करोड ४२ लाख रुपैयाँ, सिक्लेस हाइड्रोपावरको १० करोड २४ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको ९ करोड ७२ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।














