दशैंपछिको पहिलो दिनमै शेयर बजारमा पहिरो, ५८ अंकले घट्दा साढे चार अर्ब कारोबार

२१ आश्विन २०८२, मंगलवार १५:०९

काठमाडौं । दशैंपछिको पहिलो कारोबारको दिन शेयर बजारभा भारी गिरावट आएको छ । पछिल्लो समयको राजनीतिक घटनाक्रम र बाढीपहिरोले सूचीकृत कम्पनीको कारोबारम गिरावट ल्याएसँगै बजार प्रभावित बनेको हो ।

मंगलबार शेयर बजार ५८.५५ अंकले घटेर २६०४.९६ को बिन्दुमा कायम भएको छ । बजार घटेसँगै आज विभिन्न सेक्टरका ३२६ वटा कम्पनीको १ करोड तीन लाख कित्ता शेयर कारोबार हुदाँ चार अर्ब ६२ करोड ९० लाख रुपैयाँको कुल कारोबार भएको छ ।

आज कारोबार भएका सम्पूर्ण उपसूचकहरु राताम्मे बनेका छन् । जसमा २३५ वटा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ भने जम्मा १६ वटाको मात्र शेयरमूल्य बढेको छ । मंगलबार युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*