पूँजीबजार सुधार कार्यदलका सुझाव कार्यान्वयन गर्न अर्थमन्त्रालयको निर्देशन

२१ आश्विन २०८२, मंगलवार २०:४१

काठमाडौं । पूँजीबजार सुधारका लागि गठित कार्यदलका सुझाव कार्यान्वयन गर्न अर्थमन्त्रालयले सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

पूँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको लागि सुझाव दिन भन्दै असोज ३ गते अर्थमन्त्री रामेश्वर खनालले धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । सोही कार्यदलले बोर्डले गर्नुपर्ने, नेप्सेले गर्नुपर्ने र राष्ट्र बैंकले गर्नुपर्ने कार्यबारे सुझाव दिएको थियो ।

तिनै सुझाव कार्यान्वयन गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । राष्ट्र बैंक, बोर्ड र नेप्सेले सुझावभित्र समेटिएका आफ्नो क्षेत्राधिकारका कार्य गर्नु भनेर निर्देशन दिइएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

कार्यदलले आफ्नो सुझावमा तत्काल गर्नुपर्ने, मध्यकालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्नेगरी विभिन्न सुझाव दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*