आज १६ जिल्लामा बाढीको मध्यम जोखिम
२२ आश्विन २०८२, बुधबार ०८:२५

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका विभिन्न १६ वटा जिल्लाहरूमा बाढीको मध्यम स्तरको जोखिम रहेको जानकारी दिएको छ।
महाशाखाका अनुसार आज दोलखा, गोर्खा, चितवन, म्याग्दी, रुकुम पूर्व, बाँके, दैलेख, अछाम, बाजुरा, कालिकोट, जुम्ला, हुम्ला, मुगु, बझाङ, डोटी, डडेल्धुरा र आसपासका जिल्लामा नदीहरूको बहाव सामान्य बढ्ने र आकस्मिक बाढीको मध्यम स्तरको जोखिम रहेको छ।
साथै भोलि र पर्सि देशभरका अधिकांश नदीहरूमा बहाव सामान्य, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरूमा बहाब सामान्य बढ्न सक्ने महाशाखाले जनाएको छ।















