आज कुनकुन राजमार्ग कहाँ–कहाँ अवरुद्ध छन्? (सूचीसहित)
२२ आश्विन २०८२, बुधबार ०९:४०

काठमाडौं । नेपाल प्रहरीका अनुसार आज पनि अविरल वर्षा र बाढी पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध रहेका छन्।
कोशी राजमार्ग संखुवासभाको एकुवा र बरुणखोलामा अवरुद्ध छ भने बीपी राजमार्ग सिन्धुलीको नेपालथोक र काभ्रेका विभिन्न स्थानहरूमा पहिरो खसेका कारण अवरुद्ध रहेको छ।
मध्य पहाडी लोकमार्ग र कोशी लोकमार्ग अवरुद्ध रहेको धनकुटामा एकतर्फी सुचारु गरिएको छ भने मदन भण्डारी राजमार्ग र कान्ति लोकपथ पनि एकतर्फी सुचारु भएको प्रहरीले जानकारी दिएको छ।














