सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति?
२२ आश्विन २०८२, बुधबार १०:१५

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्न समेतका लागि ५.५३ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो।
बैंकको हाल चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।
1759847666389












