सुनको मूल्यले फेरि बनायो रेकर्ड, तोलामा २६ सयले वृद्धि
२२ आश्विन २०८२, बुधबार १०:४३

काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ। सुन आज तोलामै २६ सय रुपैयाँले वृद्धि भएर अघिल्लो दिनको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
यता चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ९५५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।













