सुमेरु पोलिमर्स लिमिटेडले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं । सुमेरु पोलिमर्स लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । उक्त कार्यको लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।
सम्झौतापत्रमा सुमेरु पोलिमर्स लिमिटेडका प्रबन्ध सञ्चालक दिवस घिमिरे र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्। कम्पनीले कुल ६ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
सुमेरु पोलिमर्स लिमिटेलले पिभिसी पाईप तथा फिटिङ्गस्, एचडिपिई पाईप र सिपिभिसी पाईप तथा फिटिङ्गस् उत्पादन गर्दै आइरहेको छ। कम्पनीको रजिष्टर्ड कार्यालय कुलेश्वर, काठमाडौंमा रहेको छ ।
वि.सं. २०७४ सालमा प्राईभेट कम्पनीको रुपमा पनौति वडा नंं ९, काभे्रमा करिब ११ रोपनी जग्गामा फ्याक्ट्री स्थापना गरी आफ्नो व्यापारिक उत्पादन गरिरहेको छ ।













