युनिभर्सल पावरको साधारणसभा भोलि बस्दै, लाभांश र हकप्रद प्रस्ताव पारित गरिने

२२ आश्विन २०८२, बुधबार १३:२४

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा भोलि असोज २३ गते ललितपुरको तीखेदेवलस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि बस्दैछ।

उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्नका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने र त्यसपछि कायम हुने चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ।

कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने र नियामक निकायबाट कुनै निर्देशन भएमा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साथै आर्थिक वर्ष (आव) ०७९/८०, ०८०/८१ र ०८१/८२ को वित्तीय विवरणहरू पारित गरी ०८०/८१ र ०८१/८२ का लागि नियुक्त लेखापरीक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने, २ जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि तय गरिएका छन्।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ८ गते एक दिन बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा असोज ७ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र पारित लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*