भारतीय सेनामा २८ वर्ष बिताएका मित्रलाल सिटिजन लाइफमा यसरी उदाए

निरन्तर संघर्ष गर्नु नै सफल जिन्दगीका कलाहरूमध्ये एक हो । आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेका छन् सिटिजन लाइफ इन्स्योरेन्सका मित्रलाल न्यौपाने ।
मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तीय क्षेत्रको पर्याप्त ज्ञान, कानूनी विषयको उचित ज्ञान र सानैदेखि पढाई–लेखाईमा समेत उत्कृष्ट रहेका न्यौपानेले सिटिजन लाइफमा आबद्ध भएको छोटो समयमै लोभलाग्दो प्रगति गर्न सफल भएका छन् ।
पर्वतमा जन्मिएर रुपन्देही, देवदहलाई आफ्नो कर्मथलो बनाएर अघि बढिरहेका न्यौपानेलाई घर परिवारको राम्रो साथ रहेको छ । उनले भने, ‘परिवारको साथ, सहयोगका कारण मैले बीमा व्यवसायमा पनि प्रगति गर्न सफल भएको छु ।’ बीमा अभिकर्ता पेशा अँगाल्न जति सहज र सजिलो छ यसमा व्यवसायिक सफलता प्राप्त गर्न उत्तिकै अप्ठ्यारो छ । यस्ता अप्ठ्यारालाई सहजतामा परिणत गर्न सिटिजन लाइफले न्यौपानेलाई निकै ठूलो सहयोग गरेको छ ।
उनको घर परिवारले उनलाई बीमा व्यवसायमा सफल बनाउन निकै ठूलो भूमिका निर्वाह गरेको छ । उनले भने, ‘मेरो घर परिवारले अचेल चिनजान भएकाहरू र आफन्तलाई समेत बीमाको बारेमा बुझाएर जीवन बीमा गराउन सहमत बनाउँदै आएका छन् ।’

पर्वत जिल्लाको निर्मल जनसेवा माध्यमिक विद्यालयबाट २०४५ सालमा १० कक्षा पास गरेका न्यौपाने अहिले सिटिजन लाइफ इन्स्योरेन्सको देवदह शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा आवद्ध छन् । शुरूवाती समयदेखि नै वित्तीय क्षेत्रको राम्रो ज्ञान र अनुभव बटुलेका न्यौपानेले अभिकर्ता पेशामा पनि कम्पनीको विभिन्न योजनाहरुमा सधैं छनौट भएर आफूलाई सफल र क्षमतावान् एजेन्सी म्यानेजरको रूपमा स्थापित गरेका छन् ।
सानैदेखि पढाईप्रति रुचि राख्ने व्यक्ति हुन् मित्रलाल न्यौपाने । उनले बुटवल बहुमुखी क्याम्पसबाट २०४९ सालमा कानून संकायमा आइएल तह उत्तीर्ण गरेका थिए । घर–परिवारको अवस्था नाजुक भएपछि आगामी दिनमा कामसँगै पढाई गर्ने उद्देश्यले उनले सोही वर्ष शिक्षक सेवा आयोगमा स्थायी रूपले नाम निकाल्न सफल भए ।
आगामी पढाईको लागि किताब किन्न बुटवल आएका न्यौपाने साथीहरूको सल्लाह अनुसार २०४९ सालमा भारतको गोरखपुरबाट भारतीय सेनामा भर्ति हुन सफल भएका थिए । भारतीय सेनामा भर्ति भएपछि उनले २८ वर्ष सेवा गरेर सुबेदार तहको पेन्सन पाउने भएपछि रिटायर्ड भएर २०७७ सालमा नेपाल फर्किए ।
नेपाल आइसकेपछि नेपाल भूतपूर्व सैनिक नामक संस्थामा आवद्ध भएका थिए । संस्थामा आवद्ध भएपछि त्यहाँ उनको भेट अर्का भूतपूर्व सैनिक शोभा कुमारी थापासँग भेट हुन्छ र उनको सल्लाहपछि न्यौपानेको जीवनले नयाँ मोड लिन्छ बीमा क्षेत्रतर्फ ।

‘म भारतबाट आएपछि नेपाल भूतपूर्व सैनिक संस्थामा आवद्ध भएको थिएँ । त्यहाँ भूतपूर्व सैनिक शोभा कुमारी थापा म्यामले मलाई सिटिजन लाइफ इन्स्योरेन्समा प्रवेश गर्न सल्लाह दिनुभयो ।’ उनले थपे, ‘पछि उहाँको सल्लाह अनुसार २०७८ साल भदौ २२ गते अभिकर्ता लाइसेन्स लिएर बीमा सेवाको शुरूवात गरेको थिएँ।’
‘शुरूमा मलाई बीमाको बारेमा केही थाहा थिएन । म बिस्तारै कम्पनीका विभिन्न तालीमहरूमा सहभागी हँुदै गएपछि व्यवसायमा झन् झन् मन लाग्दै गयो । अनी मैले सबैभन्दा पहिला आफ्नै बीमा गरेर बीमा व्यवसायको थालनी गरेको हुँ ।’
अभिकर्ता पेशामा एउटा लक्ष्य निर्धारण गर्न आवश्यक भएको बताउने उनी कम्पनीले दिएका विभिन्न टार्गेटहरू पूरा गर्दै आएका छन् । ‘आजभोलि अभिकर्ताहरूले पहिलेको जस्तो झोला बोकेर बीमा गर्नुपर्ने अवस्था छैन । मैले रुपन्देही देवदह लगायतका क्षेत्रका सयौं नागरिकहरूको जीवन बीमा गराइसकेको छु ।’
बीमा व्यवसायप्रतिको लगाव र निरन्तरको संघर्षको कारण न्यौपाने कम्पनीका विभिन्न क्लवहरूमा सहजै छनौट हुँदै आएका छन् । उनी आर्थिक वर्ष २०७८/०७९ मा अर्थात पहिलो वर्षमै गोल्ड क्लबमा छनौट भएका थिए । पछि २०७९/०८० र २०८०/०८१ मा सिल्भर क्लब, २०८१/०८२ मा फेरि गोल्ड क्लबमा छनौट भएर सम्मान ग्रहण गरेका छन् । कम्पनीका विभिन्न योजनाहरूमा पनि देवदह शाखा कार्यालयबाट सहजै छनौट हुन सफल भएका छन् ।
बीमा व्यवसायलाई नै प्रमुख पेशाका रूपमा अघि बढाएका न्यौपानेको यो वर्ष डाइमण्ड क्लबमा छनौट भएर परिवार सहित कार्यक्रममा सहभागी हुने योजना रहको छ । साथै न्यौपानेले लगातार चार पटकसम्म विभिन्न क्लबहरूमा छनौट भइसकेका र यो वर्षसहित पाँच पटक छनौट भएर दीक्षित हुने उनेको चाहाना छ ।
‘मैले बीमाबारे धेरै अध्ययन गरें । अनि नागरिकहरूसँग उनीहरूलाई सहज हुने समयमा भेटघाट गर्थें । पहिला उनीहरूका सबै कुरा सुनेपछि मात्रै सम्झाएर गलत धारणा चिरेर बीमा गर्ने गरेको छु ।’ उनले सुनाए, ‘मैले त गाडीमा यात्रा गर्दा समेत नागरिकहरूलाई जीवन बीमाको महत्त्व तथा यसको आवश्यकताबारे बुझाउने गरेको छु ।’

शुरूमा आफ्नो घरपरिवारको बीमा गरेर अभिकर्ता पेशामा आवद्ध भएका न्यौपाने कम्पनीका विभिन्न क्लवहरूबाट सम्मान पाउँदा एकदमै हर्षित मन सहित बीमा व्यवसायमा अघि बढिरहेका छन् । देवदहको उत्कृष्ट एजेन्सी बन्न सफल भएका न्यौपानेलाई कम्पनीका सम्पूर्ण तहका कर्मचारीहरूको पनि ठूलो साथ र सहयोग रहेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सका विभिन्न तालीम, मोटिभेशनल कार्यक्रम तथा अभिकर्ता पुनर्ताजगि लगायतका कुनै पनि कायक्रम आफूले छोड्ने नगरेको उनी बताउँछन् । ‘आजको सानो बचतले भोलि हुनसक्ने ठूलो समस्या समाधानको बाटो नै बीमा हो । बचतका साथै सुरक्षा पनि प्रदान गर्ने भएकाले जीवन बीमा एकदमै आवश्यक रहेको छ ।’
करीब २८ वर्षको अवधि भारतीय सेनामा बिताएका न्यौपानेले चलाएको बीमा अभियानले बीमा गरेर जीवन रक्षावरण गर्न चाहने बीमितलाई त राहत मिलेकै छ त्यसबाहेक कमजोर आर्थिक अवस्था भएका घरपरिवारका बस्तीमा पनि उनले चलाएको बीमा अभियानले बीमा सचेतना अभियान समेत विस्तार भएको छ । आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्र फराकिलो दायरामा वृद्धि गर्दै अगाडि बढ्ने प्रतिवद्धता र आत्मविश्वास बढेको उनले बताएका छन् ।













