सानोठिमीमा शिक्षामन्त्री पुनको निरीक्षण, गुणस्तरीय प्राविधिक शिक्षामा जोड दिन निर्देशन

२२ आश्विन २०८२, बुधबार १७:४७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन निरीक्षणका लागि सानोठिमी पुगेका छन् । मन्त्रालय अन्तर्गतका विभिन्न निकाय सानोठिमीमा रहेकाले निरीक्षणका लागि मन्त्री पुन बुधबार सानोठिमी पुगेका हुन् ।

मन्त्री पुन शिक्षा तथा मानव स्रोत विकास केन्द्र पुगेका छन् । केन्द्रमा मन्त्री पुनलाई कर्मचारीले शिक्षा क्षेत्रको समस्याबारे ब्रिफिङ गराएका छन् ।

मन्त्री पुनले सानोठिमीका सम्पूर्ण कर्मचारीसँग प्राविधिक विषय अध्यापन तथा परीक्षा लगायतका विषयमा सुधार गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

यसअघि मन्त्री पुन निरीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि–प्रतिष्ठान (नास्ट) पुगेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*