हमासको अपहरणमा परेका बिपिन जोशीको नयाँ भिडियो फेला परेको दाबी

२२ आश्विन २०८२, बुधबार २०:५०

काठमाडौं । इजरायली गुप्तचर निकायले किबुत्ज आलुमिमबाट हमासको अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशीको नयाँ भिडियो प्राप्त गरेको जेरुसेलम पोस्टले जनाएको छ ।

भिडियो बुधबार बेलुकी सार्वजनिक गरिने भनेर बन्धक परिवार फोरमले जनाएको छ।

जेरुसेलम पोस्टका अनुसार जोशी परिवारले एक विज्ञप्तिमा भनेको छस् ‘गाजामा फेला परेको यो जीवनको प्रमाण, जुन हामी आज तपाईंहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उहाँ जीवित हुनुहुन्छ भन्ने अटल विश्वास दिन्छ।’

जोशी कृषि शिक्षा कार्यक्रममा सहभागी हुन इजरायल पुगेका थिए। उनलाई किबुत्ज आलुमिमबाट अपहरण गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*