कालीमाटीमा इस्कुस १० रुपैयाँ किलोमै फालाफाल

२३ आश्विन २०८२, बिहीबार ०८:१०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार इस्कुस १० रुपैयाँ, सानो लोकल गोलभेंडा १७ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ, सेतो आलु ३७ रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ र स्थानीय काउली ५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी लोकल घिउ सिमी १०० रुपैयाँ, टाटे सिमी ५० रुपैयाँ, घिरौला ४० रुपैयाँ, हरियो डल्ले फर्सी ३० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ र डल्ले च्याउ २५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

हेरौं आजको फलफूल र तरकारीको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*