यात्रा गर्नुपूर्व हेर्नुहोस् आज राजमार्गको अवस्था
२३ आश्विन २०८२, बिहीबार ०८:५०

काठमाडौं । नेपाल प्रहरीका अनुसार आजसम्म पनि देशभरका विभिन्न स्थानहरूमा बाढी, पहिरो तथा अविरल वर्षाका कारण राजमार्गहरू अवरुद्ध अवस्थामा रहेका छन्।
कोशी राजमार्ग संखुवासभामा पर्ने वरुणखोला र एकुवामा अविरल वर्षा र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ। कोशी लोकमार्ग एकतर्फी रूपमा सुचारु गरिएको छ भने मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध रहेका छन्।
रसुवामा पहिरोका कारण पासाङ ल्हामु सडक खण्ड र काभ्रेमा पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध रहेका छन्। कान्ति लोकपथ सडक एकतर्फी सञ्चालनमा ल्याएको छ भने पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध रहेका छन्।














