त्रिबि क्रिकेट रंगशालामा मन्त्री घिसीङको निरीक्षण
२३ आश्विन २०८२, बिहीबार १५:४३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आज त्रिबि अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् । बिहीबार रोशी खोलाले बिपी राजमार्गमा पुर्याएको क्षतिको अवलोकनपछि त्रिबि क्रिकेट मैदानमा पुगेका हुन् ।
मन्त्री घिसिङले निर्माणाधिन क्रिकेट रंगशालालाई मन्त्रालयको तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । उनले आगामी दिनमा हुने क्रिकेटका खेललाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक पर्ने पुर्वाधार पनि बनाउन पहल गर्ने बताए ।













