उर्जासचिव चिरञ्जीवी चटौतलाई इप्पानको बधाई

२३ आश्विन २०८२, बिहीबार १६:५०

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीसहितको टोलीले ऊर्जा, जलस्रोत तथा सिचाँइ मन्त्रालयका नवनियुक्त सचिव चिरञ्जीवी चटौतलाई बधाई ज्ञापन गरेका छन् ।

उक्त बधाई भेटमा इप्पानले बाढी पहिरो प्रभावित आयोजनालाई राहत दिनको लागि मन्त्रालयले पहलकदमी लिनुपर्ने कुरा राखेको थियो भने ऊर्जा सचिव चटौतले मन्त्रालय गम्भीर भएर यसतर्फ अग्रसर हुने बताएका थिए ।

उक्त बधाई कार्यक्रममा इप्पानका तर्फबाट वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, सचिव विक्रम बिष्ट, कार्यसमिति सदस्यहरु कुवेर मणि नेपाल, विनय मोहन भट्टराई, सुमन जोशी, मिथुन पौडेल र प्रमुख कार्यकारी अधिकृत भीम गौतम लगायत सहभागी थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*