शनिबार पनि आरटीजीएस सञ्चालन, राजस्व संकलन सहज बनाउन राष्ट्र बैंकको व्यवस्था
२३ आश्विन २०८२, बिहीबार १८:२०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सञ्चालनमा रहने जनाएको छ। राजस्व संकलन प्रक्रिया सहज र निरन्तर बनाउनका लागि राष्ट्र बैंकले बिदाको दिन पनि उक्त प्रणाली सुचारु गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकका अनुसार उक्त दिन आरटीजीएस सेवा बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ।













