काभ्रेको पहिरोले बीपी राजमार्ग अझै अवरुद्ध, कोशी र मेची राजमार्ग पनि खुलेन

२४ आश्विन २०८२, शुक्रबार ०८:३६

काठमाडौं । नेपाल प्रहरीका अुनसार काभ्रेको माम्तीखोला, डालाबेसी, बुल्ढुङ्गा, बाँझोखेत लगायतका स्थानहरूमा खसेको पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ।

त्यस्तै संखुवासभाको बरुणखोला र एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग र ईलामको राजदुवाली लगायतका स्थानहरूमा पनि वर्षाका कारण मेची राजमार्ग खुल्न सकेको छैन।

पाँचथरको नावाखोलामा पनि वर्षाका कारण तमोर करिडोर अवरुद्ध छ भने रसुवाको गोसाइकुण्ड गाउँपालिका २ का विभिन्न तीन स्थानमा पहिरो खसेका कारण पासाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*