फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी
२४ आश्विन २०८२, शुक्रबार ०९:५९

काठमाडौं । फिलिपिन्समा शुक्रबार बिहान मिन्डानाओ क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.४ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्सको तटीय इलाकामा तीन मिटर अग्लो सुनामीको लहर उठ्न सक्ने भन्दै चेतावनी जारी गरिएको छ।
भुकम्पको केन्द्रविन्दु मिन्डानाओ क्षेत्रबाट ३०० किलोमिटर टाढा रहेको इन्डोनेशियामा पनि सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ। चेतावनी इन्डोनेशियाको उत्तरी इलाका सुलावेसी र पापुआ क्षेत्रमा जारी गरिएको हो।
तटीय इलाकामा रहने बासिन्दाहरूलाई उच्च क्षेत्रमा जान र त्यहा सुरक्षित भएर रहन अनुरोध गरिएको छ।













