राष्ट्रपतिले बोलाए प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक

२४ आश्विन २०८२, शुक्रबार ११:३१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन्।

चुनावको कार्यतालिका सार्वजनिक भइसकेको तर राजनीतिक दलहरूबीच सरकारसँग आवश्यक संवाद नभएको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका दलका शीर्ष नेताहरूलाई छलफलका लागि आज दिउँसो ४ बजे बोलाएका हुन्।

यसअघि हिजो राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो । सो भेटमा राष्ट्रपति पौडेलले आगामी निर्वाचनका लागि अनुकूल राजनीतिक वातावरण निर्माण गर्न सरकारलाई सुझाव दिएका थिए ।

जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगको तयारीबारे जानकारी दिँदै सरकार पनि आवश्यक तयारीमा जुटिरहेको बताएकी थिइन् । कांग्रेस र एमालेले भने निर्वाचन बारे प्रधानमन्त्रीले छलफल नै नगरेको भन्दै असन्तुष्टी पोखेका छन् र निर्वाचनमा ति दलहरु सहभागी हुने वा नहुने निर्णय गरिसकेका छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*