खोकीको औषधि खादा २१ बालबालिकाको मृत्यु

२४ आश्विन २०८२, शुक्रबार ११:४८

काठमाडौँ । भारतीय प्रहरीले २१ बालबालिकाको मृत्युमा संलग्न औषधि कम्पनीका मालिकलाई पक्राउ गरेको छ। चेन्नाईस्थित आफ्नै घरमा पक्राउ परेका ७५ वर्षीय जी रङ्गनाथनमाथि गैरकानूनी हत्या र लागुऔषधमा मिसावट गरेको आरोप लगाइएको छ।

मध्य प्रदेशमा गत महिना कम उमेरका बालबालिकाहरूले सेवन गरेको खोकी सिरपमा घातक विषाक्त पदार्थ मिसावट हुँदा मृत्यु भएको थियो। ‘कोल्ड्रिफ’ ब्रान्डको यो सिरप तमिलनाडुस्थित स्रेसन फार्मा युनिटमा उत्पादन गरिएको थियो। भारतीय स्वास्थ्य मन्त्रालयको परीक्षणले सिरपमा डाइथाइलिन ग्लाइकोल (डीईजी) भएको पुष्टि गरेको छ, जुन औद्योगिक मिश्रण हो र थोरै मात्रामा सेवन भए पनि घातक साबित हुन सक्छ।

घटनापछि मध्य प्रदेश र अन्य राज्यहरूले सो सिरपमा प्रतिबन्ध लगाएका छन्। विश्व स्वास्थ्य सङ्गठनले पनि भारतीय अधिकारीहरूलाई सो सिरप अन्य देशमा निर्यात गरिएको छ कि छैन भनेर स्पष्टीकरण मागेको छ।

यो घटना भारतमा मात्रै सीमित छैन। सन् २०२२ मा भारतबाट आयात गरिएको दूषित सिरप खाँदा गाम्बियामा ७० भन्दा बढी बालबालिकाको मृत्यु भएको थियो। उज्बेकिस्तानमा पनि २०२२–२०२३ बीच भारतमा उत्पादित दूषित सिरप सेवन गर्दा ६८ बालबालिकाको मृत्यु भएको थियो।

घटनाले भारतको औषधि उद्योगको प्रतिष्ठामा गम्भीर धक्का पु¥याएको छ र विश्वभरका स्वास्थ्य अधिकारीहरूलाई सतर्क बनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*