आफ्नै परिवारका कारण विपिन जोशीलाई अप्ठेरो !

२४ आश्विन २०८२, शुक्रबार १२:०५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अथक मेहनतपछि अन्ततः प्यालेस्टाईन र इजरायलका बीचमा युद्ध बिराम सम्झौता भयो । सो अनुसार हमासले सेप्टम्वर ७, २०२३ मा अपहरणमा परेका थप २० जनाको सूचि सार्वजनिक गर्यो । सो सूचिमा बिपिन जोशीको नाम सार्वजनिक गरिएको छैन ।

युद्धरत अवस्थामा विपिन जोशीको परिवारले युद्धको सामान्य नियम नबुझी एनजिओको पछाडि लागेर गत साउन २६ गते उनको आमा पद्मा जोशीसहित परिवारका सदस्यहरु इजरायलमा पुगेका थिए । युद्धरत अवस्थामा हमासले युद्ध लडिरहेको इजरायलको भ्रमणमा बिपिन जोशीका परिवार गएका थिए । हमासले विपिन जोशीको नाम सार्वजनिक गरेको छैन । यसो गर्नुलाई यसअघि जोशीको परिवारले इजरायलको भ्रमण गरेको घटनासँग जोडेको हुनसक्ने चर्चा चलिरहेको छ । युद्धरत अवस्थामा कुनै पक्षमा उभिनु अर्को पक्षका लागि सैह्य हुँदैन । अझ आफ्नै छोरा इजरायलका विरुद्धमा युद्ध लडिरहेको प्यालेस्टाईनी समुह हमासले अपहरणमा परेको बेला अर्को पक्ष इजरायलको भ्रमण गर्नुले बिपिन जोशीको जीवनको अवस्था सार्वजनिक नगर्न योगदान गरेको तथ्य मानव अधिकारवादीहरुको तर्क छ ।

यसैबीच, इजरायली गुप्तचर निकायले किबुत्ज आलुमिमबाट हमासको अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशीको नयाँ भिडियो प्राप्त गरेको जेरुसेलम पोस्टले जनाएको छ ।

जेरुसेलम पोस्टका अनुसार जोशी परिवारले एक विज्ञप्तिमा भनेको छ, ‘गाजामा फेला परेको यो जीवनको प्रमाण, जुन हामी आज तपाईंहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उहाँ जीवित हुनुहुन्छ भन्ने अटल विश्वास दिन्छ ।’ जोशी कृषि शिक्षा कार्यक्रममा सहभागी हुन इजरायल पुगेका थिए। उनलाई किबुत्ज आलुमिमबाट अपहरण गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*