अमेरिकी राजदूत डिन थम्सनको नक्कली फेसबुक आईडी छ्यापछ्याप्ती

काठमाडौं । काठमाडौंस्थित अमेरिकी राजदूत डिन आर थम्पसनको नाममा सामाजिक सञ्जाल फेसबुकमा नक्कली आईडी बनाएर विभिन्न प्रतिष्ठित व्यक्तिहरुसँग साथी बनाएर कुराकानी गर्ने गरेको तथ्य फेला परेको छ ।
अमेरिकी राजदूत थम्प्सनको नाममा कम्तीमा तीन वटा फरक फरक फेसबुक आईडीहरु भेटिएका छन् । ति मध्ये केही आईडीबाट काठमाडौंस्थित अमेरिकी राजदुताबासको आधिकारिक सूचनाहरु समेत शेयर भइरहेको छ ।

राजदूत थम्प्सनको नक्कली आईडीबाट प्रधानमन्त्री सुशिला कार्कीसँग भेटवार्ता गरेको फोटो समेत शेयर गरिएको छ । एउटा आईडीबाट ७१२ जनालाई साथी बनाएको समेत भेटिएको छ । कुनै आईडी भर्खरै खुलेका भेटिएको छ भने कुनै आईडी २०१८ देखि नै सञ्चालित रहेको समेत देखिएको छ ।
विश्वभरका नागरिकको सुक्ष्म सूचना राख्ने अमेरिकी सरकारकै राजदूतको तीन तीन वटा फेक फेसबुक आईडी बनाएर नेपालमा चलाइरहँदा समेत बेखवर हुनु आश्चर्यको बिषय होइन र ?















