रौतहटमा भित्र्याउन लागिएको १६ हजार हेक्टरमा लगाइएको धानबालीमा क्षति

२४ आश्विन २०८२, शुक्रबार १३:१७

काठमाडौं । रौतहटमा गत असोज १७ र १८ गतेको भारी वर्षा र हावाहुरीका कारण हजारौं हेक्टरमा लगाइएको धानबालीमा ठूलो क्षति पुगेको छ । बागमती, लालबकैया लगायत नदीमा आएको बाढीका कारण भएको डुबानबाट धानबालीमा ठूलो क्षति भएको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ ।

धानमा बाला लाग्ने बेला समयमा भएको वर्षाका कारण धान लडेपछि किसान चिन्तामा परेका छन् । केही धानमा बाला लागेर झुलिसकेको र केहीमा भर्खर बाला लाग्ने बेला भएको भीषण वर्षाले धानबालीमा करोडौंको क्षति हुँदा किसानहरू चिन्तित भएका छन् ।

जिल्लाको अधिकांश भेगमा असोजसम्म धान बाली परिपक्व अवस्थामा पुगेको भएपनि यसपटक वर्षा र हावाहुरीका कारण धानबाली क्षति पुगेको वृन्दावनका किसान बैजनाथ पटेलले बताए। ‘वर्षभरी खाने बाली नोक्सान भयो, अब गुजारा कसरी चलाउने पटेलले प्रश्न गरे।’

जिल्लामा यस वर्ष कुल ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली मध्ये वर्षाका कारण करिब १५ प्रतिशत अर्थात १६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*