रिभर फल्स पावरको हकप्रद शेयर भर्ने आज अन्तिम दिन

२६ आश्विन २०८२, आईतवार ०७:०९

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयर भर्ने आज असोज २६ गते अन्तिम दिन रहेको छ।

कम्पनीले १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७० लाख कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ। यस हकप्रद शेयरमा साउन २२ गतेसम्म कायम शेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।

कम्पनीले आज साँझ बैंकिङ्ग समयपछि हकप्रद आवेदन लिने प्रक्रिया बन्द गरिने जानकारी दिएको छ। यसअघि असोज १३ गतेसम्म मात्रै आवेदन दिन पाउने भनिएकोमा म्याद थपेर असोज २६ गतेसम्म कायम गरिएको थियो।

इच्छुक शेयरधनीले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय र प्रभु बैंकको बेशिशहर, पोखरा, वीरगंज, ईलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयका साथै मेरो शेयर प्रयोग गरी सजिलै आवेदन दिन सक्नेछन्। यसमा हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*