सिटि होटलको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन

२६ आश्विन २०८२, आईतवार ०८:१४

काठमाडौं । सिटि होटल लिमिटेडले भदौ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ।

कम्पनीले साउन २६ गतेसम्म कायम शेयरधनीहरूका लागि १ बराबर ०.८० को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ।

कम्पनीले आज बेलुकी बैंकिङ्ग समयपछि हकप्रद शेयरमा आवेदन लिने प्रक्रिया बन्द गरिने जानकारी दिएको छ। यसअघि आवेदन दिने अन्तिम मिति असोज १२ गते तोकिएकोमा म्याद थप गरेर असोज २६ गते कायम गरिएको हो।

इच्छुक शेयरधनीले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयका साथै प्रभु बैंकको ईलाम, जावलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी तथा मेरो शेयर एप प्रयोग गरी अनलाइनबाट सजिलै आवेदन दिन सक्नेछन्। यस हकप्रद शेयरमा निष्कासन तथा बाँडफाँडको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*