कालीमाटीमा तरकारीः इस्कुस १०, फर्सी २० रुपैयाँ किलो

२६ आश्विन २०८२, आईतवार ०८:१४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज २६ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार इस्कुस १० रुपैयाँ, हरियो डल्ले फर्सी २० रुपैयाँ, सानो लोकल गोलभेंडा र लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ र तने बोडी १६० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी लोकल घिउ सिमी १२० रुपैयाँ, तीते करेला ६० रुपैयाँ, घिरौला ८० रुपैयाँ, लौका ६५ रुपैयाँ, भिण्डी ११० रुपैयाँ, तोरीको साग ७० रुपैयाँ, कन्य च्याउ १९० रुपैयाँ र डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलो. न्यूनतम मूल्यमा किनेबच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*