हकप्रद शेयर पारित गर्न बसेको हिमालयन हाइड्रोपावरको साधारणसभा स्थगित
२६ आश्विन २०८२, आईतवार १०:३५

काठमाडौं । हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सहित असोज २४ गते पोखरामा बसेको हिमालयन हाइड्रोपावर लिमिटेडको साधारणसभा स्थगित भएको छ।
लेट साइडको बाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेदेखि बस्ने तयारी सहित बोलाइएको १८औं वार्षिक साधारणसभामा गणपुरक संख्या नपुगेपछि स्थगित भएको कम्पनी सचिव कृष्ण प्रसाद भण्डारीले जानकारी दिएका छन्।
साधारणसभा गर्नका लागि कम्तीमा ५० प्रतिशत शेयरधनीहरू उपस्थित हुनुपर्ने प्रावधान छ। कम्पनीले बोलाएको साधारणसभामा उपस्थित शेयरधनीको संख्या ५० प्रतिशतभन्दा कम भएपछि सभा स्थगित गरिएको हो।
कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने मुख्य प्रस्ताव सहित साधारणसभा बोलाएको थियो। साधारणसभा प्रयोजनार्थ यस कम्पनीले असोज १२ गते बुक क्लोज गरिसकेको छ।













