सुनचाँदीको भाउ उच्च विन्दुमा पुगेर स्थिर, प्रतितोला कति?
२६ आश्विन २०८२, आईतवार १०:४२

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ र चाँदी प्रतितोला ३ हजार १२५ रुपैयाँ प्रतितोला कायम भएको छ।
महासंघका अनुसार अघिल्लो दिन शनिबार पनि सुन र चाँदी यही मूल्यमा कारोबार भएको थियो।
शुक्रबार भने सुनको भाउ घटेर प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा र चाँदी प्रतितोला ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।













