इन्ड्राइभको ब्राण्ड एम्बेस्डरमा स्वस्तिमा खड्का नियुक्त

२६ आश्विन २०८२, आईतवार १०:४०

काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका स्वस्तिमा खड्का इन्ड्राइभको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएकी छिन् । शुक्रबार याक एण्ड यति होटेलमा गरिएको एक कार्यक्रममा इन्ड्राइभले स्वस्तिमा खड्कालाई व्यापारिक विज्ञापनका लागि ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो ।

पछिल्लो समय इन्ड्राइभ नेपालीहरुको यातायातको साधनका लागि सजिलो र भरपद्रो माध्यमको रूपमा प्रयोग हुँदै गइरहेको छ । विवाहको पाटी होस् या विभिन्न कार्यक्रममा जान पर्दा सजिलो र घरसम्मै आउने इन्ड्राइभ सेवा ४८ देशको ९८२ सिटिहरुमा सञ्चालन हुँदै आएको छ ।

यससँगै, कम्पनीले “Your Journey Begins With Your Choice” (तपाईंको यात्रा तपाईंको रोजाइबाट सुरु हुन्छ) नामक नयाँ ३६०° क्याम्पेन सार्वजनिक गरेको छ। यो अभियानले इनड्राइभको अद्वितीय ‘पियर-टु-पियर’ (Peer-to-Peer) मोडेललाई केन्द्रमा राख्छ, जसले यात्रु र चालक दुवैलाई भाडा प्रस्ताव गर्न र आपसी सहमतिमा सम्झौता गर्न स्वतन्त्रता दिन्छ।

यो क्याम्पेन डिजिटलदेखि सडकसम्म विभिन्न माध्यमबाट सञ्चालन गरिनेछ। विश्वभर ३६० मिलियनभन्दा बढी डाउनलोड भएको इनड्राइभले नेपालमा निष्पक्ष गतिशीलता (Fair Mobility) र आर्थिक अवसरहरू सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*