अभियान लघुवित्तका सञ्चालक उमेश दाहालको राजिनामा स्वीकृत
२६ आश्विन २०८२, आईतवार १२:३८

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक उमेश दाहालको राजिनामा स्वीकृत भएको छ ।
सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै आएका दाहालले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजिनमा दिएका थिए ।
उनले गत भदौ १३ गते दिएको राजिनामा असोज २४ गते शुक्रबार स्वीकृत भएको छ ।












