सुन तस्करीको अभियोगमा माओवादी नेता महरा पक्राउ
२६ आश्विन २०८२, आईतवार १६:५३

काठमाडौं । सुन तस्करी अभियोगमा पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादर महरा पक्राउ परेका छन् ।
विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो ।
त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो ।













