बरुण हाइड्रोपावरको शेयर खरीदका लागि परेको बोलपत्र भोलि खोलिने
२७ आश्विन २०८२, सोमबार ०६:५८

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर खरीदका लागि परेका बोलपत्रहरू भोलि असोज २८ गते खोलिने भएको छ।
भोलि बिहान ८ बजे काठमाडौंको टेकुस्थित बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बोलपत्र खोलिने कम्पनीले जानकारी दिएको छ।
कम्पनीले असार ३१ देखि भदौ ३ गतेसम्म हकप्रद शेयर बिक्री खुला गर्दा सर्वसाधारण समूहतर्फको २ लाख ३८ हजार ४४३ कित्ता बाँकी बसेको थियो।
यसरी बाँकी बसेको शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले कम्पनीले भदौ २९ देखि असोज १२ गतेसम्म लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्री खुला गरेको थियो। उक्त अवधिभर परेका बोलपत्रहरू भोलि खोलिन लागिएको हो।













