जाँचबुझ आयोगले माग्यो जेनजी आन्दोलनमा भएको क्षतिको विवरण

२७ आश्विन २०८२, सोमबार ०९:५०

काठमाडौं । भदौ २३ र २४ भएको जेनजी आन्दोलनको घटना सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले आन्दोलनमा भएको क्षतिको विवरण मागेको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको उक्त जाँचबुझ आयोगले जेनजी आन्दोलनमा क्षति पुगेको भए सोको विवरण पेश गर्न आग्रह गरेको हो।

आयोगले आन्दोलनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण पेश गर्न भनेको छ।

आयोगले ढाँचा उपलब्ध गराउँदै सोही ढाँचा बमोजिम क्षतिको विवरण पेश गर्न भनेको हो। ढाँचामा संघसंस्था/राजनीतिक दल/व्यक्तिको नाम, ठेगाना, क्षतिको विवरण, क्षतिको अनुमानित लागत, बीमा भए/नभएको र कैफियत भए सो समेत पेश गर्न आह्वान गरेको छ।

क्षतिको विवरण इमेल अथवा हुलाक मार्फत् पनि पठाउन सकिने व्यवस्था गरिएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिएका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*