सिटिजन लाइफको ‘कम्पीटेटिभ म्यानेजमेन्ट स्कील ट्रेनिङ’ भव्य रुपमा सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘कम्पीटेटिभ म्यानेजमेन्ट स्कील ट्रेनिङ’ भव्य रुपमा सम्पन्न गरेको छ । देशभरीका उत्कृष्ट ब्रान्च म्यानेजर लगायतको सहभागितामा असोज २२ गतेदेखि २६ गतेसम्म सञ्चालित तालिम भव्य रुपमा सम्पन्न भएको हो ।

कम्पनीले पाँच दिने कार्यक्रममा विभिन्न व्यक्तिहरुबाट सहभागिहरुलाई तालिम प्रदान गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको मेरुदण्डको रुपमा रहेका कर्मचारीहरुलाई हौसला प्रदान गरेका थिए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकत पोषकराज पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत दिप बिसी, चिफ मार्केटिङ अफिसर भुषण रिमाल लगायतका उच्च व्यवस्थापकीय कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि ब्रान्च म्यानेजरहरुले तालिममा निकै महत्वपूर्ण विषयहरु सिक्न पाएको भन्दै कम्पनीलाई धन्यवाद व्यक्त गरेका छन् ।














