पञ्चकन्या माई हाइड्रोपावरको विद्युत उत्पादन शुरू

२७ आश्विन २०८२, सोमबार ११:२६

काठमाडौं । पञ्चकन्य माई हाइड्रोपावर लिमिटेडले असोज १७ र १८ गतेको वर्षाका कारण अवरुद्ध विद्युत उत्पादन शुरू गरेको छ।

अविरल वर्षाका कारण माई खोलामा आएको बाढी तथा पहिरोले ईलाममा कम्पनीले प्रवर्द्धन गरिरहेको २ आयोजनामा क्षति पुगेपछि विद्युत उत्पादन ठप्प भएको थियो।

अप्पर माई जलविद्युत आयोजना (९.९८ मे.वा) को हेडवर्कस् र सिभिल संरचनाहरूमा र माई सि जलविद्युत आयोजना (५.१ मे.वा) को पावर हाउस र हेडवर्कस्मा क्षति पुगेपछि असोज १८ गते बेलुका पौने १० बजेदेखि विद्युत उत्पादन बन्द भएको हो।

वर्षा रोकिएसँगै कम्पनीले तदारुकताका साथ मर्मत सम्भार गरी असोज २६ गते बेलुकी करीब ८ बजेबाट प्लान्ट संचालनमा आई दुबै आयोजनाबाट विद्युत उत्पादन शुरू गर्न सफल भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*